साझेदारी गर्नुहोस्

फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा चर्को प्रतिस्पर्धा देखिएको छ। शनिबार रातिका खेल सकिँदा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ। अहिले चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ।

शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३-३३ स्वर्ण जितेका थिए।

स्वर्णको एक पदकले पछाडि परेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ नै कास्यसहित १२२ पदक जितेको छ। चीनले भने ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ। स्वर्णमा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले समान १८ वटा स्वर्ण जितेको छ।