साझेदारी गर्नुहोस्

डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता तिरेका छन्‌ ।

देशका ठूला उद्योगी/व्यवसायीले राजनीतिक/प्रशासनिक सेटिङमा अर्बौं रुपैयाँ महसुल नतिर्न सक्दो प्रयास गरिरहेका बेला भैरहवा क्षेत्रका मझौला र साना उद्योग सञ्‍चालकहरूले बक्यौता महसुल जरिवानासहित तिरेका हुन्‌ ।

२५ प्रतिशत जरिवानासहित यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१ रुपैयाँ, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ, सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ रुपैयाँ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ महसुल बुझाएका हुन्‌ ।