साझेदारी गर्नुहोस्

बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ।

 

पहिरोमा परी ७ वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापा बेपत्ता छन्।नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी गरिरहेको छ ।

उक्त पहिरोमा परेका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीया अमलबुढा, सञ्जु विककी ६ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि ३ बालबालिकाको अवस्था अझै पत्ता लाग्न नसकेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्।

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रासस