साझेदारी गर्नुहोस्

पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समूहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई ‘अलविदा’ गरेकी छिन् ।

पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छिन् ।

विनेशले लेखेकी छिन्– ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलबिदा कुस्ती २००१–२०२४’ उनले अगाडि लेखेकी छिन्– ‘म तपाईँहरूलाई सबैको सधैँ ऋणी रहनेछु । क्षमा ।’

उनलाई बुधबार ५० केजी समूहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल्न अयोग्य घोषित गरिएको थियो ।