साझेदारी गर्नुहोस्

म्यापल इन्टरनेशनल एजुकेशनले उत्कृष्ट विद्यार्थीहरुलाई लक्षित गर्दे स्कलरसिपको विशेष योजना सार्वजनिक गरेको छ ।

काठमाडौंको पुतलीसडक, पद्मोदय मोडस्थित लक्ष्मी प्लाजामा रहेको म्यापल इन्टरनेशनल एजुकेशनले प्लस टू लगायतका परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो योजना ल्याएको हो ।

म्यापलले उच्च शिक्षा अध्ययन गर्न क्यानडा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायतको सम्पूर्ण सेवाहरु प्रदान गर्दे आएको छ ।

क्यानडामा रहेको लोकप्रिय तथा शैक्षिक स्तरमा गुणस्तरीय मानिने सबै युनिभर्सिटी तथा कलेजहरुसँग म्यापल एजुकेशनले सहकार्य गर्दे आफ्ना शैक्षिक यात्रा अघि बढाउँदै आएको छ ।

 

प्लस टू लगायतका अन्य विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याएका सम्पूर्ण विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको कार्यक्रम ल्याइएको म्यापल इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक ईश्वर ढकालले जानकारी दिए ।

प्रबन्ध निर्देशक ईश्वर ढकालले भने, ‘हामीसँग क्यानडाका सबै प्रकारका युनिभर्सिटीहरु तथा कलेजहरुसँग दशक लामो सम्बन्ध छ । त्यसैले, हामीले ट्यालेन्ट विद्यार्थीहरुका लागि विगतका दिनहरुमा स्कलरसिपको व्यवस्था गरेका थियौं, आगामी दिनमा पनि युनिभर्सिटीहरुलाई भनेर स्कलरसिपको व्यवस्था गर्नेछौं ।’

विगत दुई दशकदेखि अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुको पहिलोे रोजाइमा पर्दे आएको म्यापल इन्टरनेशनल एजुकेशनले विगतमा झैं आगामी दिनमा पनि विद्यार्थीहरुलाई लक्षित गर्दे गुणस्तरीय शैक्षिक परामर्श, विभिन्न स्कलरसीप लगायतका सम्पूर्ण सुविधाहरु प्रदान गर्दे अघि बढ्ने जानकारी दिएको हो ।

संस्थाको वेभसाइट, फेसबुक, इमेल, फोन नम्बर लगायतका माध्यमबाट क्यानडा र यसको शैक्षिक पक्रियाका बारेमा थप जानकारी हासिल गर्न सकिने म्यापल इन्टरनेशनल एजुकेशन बताएको छ ।