साझेदारी गर्नुहोस्

आयोजक नेपालले काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज इरानको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ। नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो।

नेपाललाई आज इरानसँग लागि लिग चरणमा भोगेको हारको बदला लिने अवसर छ । आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो।

प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा पहिलो हार बेहोरेको थियो । आजै पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन्। खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

तेस्रो जितसँगै भारत १० अंक सहित शीर्ष, ९ अंक सहित नेपाल दोस्रो, र ७ अंक सहित इरान‌ तेस्रो र ४ अंक सहित श्रीलंका चौथो स्थानमा रहेर सेमिफाइनल खेल्दैछन् ।