साझेदारी गर्नुहोस्

साताको पहिलो नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४०.७६ अंकले बढेको छ । नेप्से १.४७ प्रतिशतले बढेर २७९६.३८ विन्दुमा पुगेको छ । नेप्से करिब २८ सयको विन्दुमा पुगेसँगै कारोबारमा पनि उछाल आएको छ । 

आइतबार सार्वजनिक बिदा भएकाले बन्द रहेको नेप्से सोमबार साताको पहिलो बजार खुल्दा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँ बराबरको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर २ लाख ३८ हजार ७८ पटक किनबेच भएको छ । 

आज वाणिज्य बैंकलगायत धेरै कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएसँगै शेयर बजारमा पनि रौनक आएको देखियो । कम्जोर र नाफा कम भएका कम्पनीमा भन्दा राम्रो वित्तीय अवस्था भएको कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको थियो ।