साझेदारी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले फरक क्षमता भएका गणेश राईलाई सचिवालयमा पुनः नियुक्त गरेका छन् । आधा हातले कम्प्युटर चलाउन सक्ने क्षमता भएका राईलाई प्रधानमन्त्री ओलीले कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् ।

एमालेका नेता विशाल भट्टराईका अनुसार यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले उनको फरक क्षमता देखेपछि सचिवालयमा जागिर दिएका थिए । दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर पाएका राईलाई ओलीले तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर प्रदान गरेका हुन् ।

खोटाङ काहुले घर भएका राई जन्मजान नै अपाङ्गता भएका व्यक्ति हुन । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन ।

भट्टराईले ओली तेस्रो कार्यकाल प्रधामन्त्री भएपछि राईलाई खोजेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ओलीले गणेश कतै नदेखेपछि खोटाङका नेतालाई सम्पर्क गर्न निर्देशन दिएको र त्यसै अनुसार खोटाङका नेतालाई सम्पर्क गरेर ओलीसँग राईको भेट गराएको भट्टराईले बताएका छन् ।