साझेदारी गर्नुहोस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखालाई परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा बनाउने बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । मन्त्री भण्डारीले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखा विदेश पठाउने मात्रै भयो भन्ने भ्रम पैदा भएको भन्दै अब त्यसको रिस्ट्रक्चर गरी आन्तरिक रोजगार महाशाखा बनाउने बताउनुभयो । उहाँले आन्तरिक रोजगार महाशाखा बनाएपछि मुलुकभित्रै रोजगारीको लागि जिम्मेवार निकायको रुपमा निर्माण गर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार दशकको अभियानको रुपमा मनाउने गरी तयारी भइरहेको पनि बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने र उनीहरुलाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने मुख्य चुनौति रहेको बताउनुभयो ।