साझेदारी गर्नुहोस्

बंगलादेशमा बढेको हिंसात्मक प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयले आइतबार मात्रै ४२० जना विद्यार्थी स्वदेश फर्किएको जनाएको छ । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका हुन् ।

 

परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ । बंगलादेशमै रहेका विद्यार्थीहरुलाई निरन्तर ढाकास्थित नेपाली दुताबासको सम्पर्कमा रहन तथा घरभित्र नै रहन मन्त्रालयले अनुरोध गरेको छ ।