साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले सडकबाटै सेवा दिन सुरू गरेको छ । महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार सुरू गरेको विरोधमा वडाले सडकबाटै सेवा दिन थालेको हो । फुटपाथ विस्तारको निर्णय फिर्ता नलिएसम्म सडकबाटै वडाको सेवा दिने वडा कार्यालयले जनाएको छ । न्यूरोडमा धर्नाका लागि बनाएको पालभित्रबाट वडाले सेवा सुरू गरेको हो ।

धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाका लागि बनाइएको पालभित्रबाट वडा नम्बर २२ ले आफ्नो सेवा सुरू गरेको हो। पालभित्र कुर्सी र टेबल राखेर कार्यकक्ष नै बनाइएको छ। काठमाडौं महानगरले अदालतको आदेशपछि न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार सुरू गरेको थियो।