साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित भएका छन् । रमेश लेखक ३१ असारमा गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । श्याम घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।