साझेदारी गर्नुहोस्

शंकर घिमिरेको निर्देशनमा बनेको ‘तेल भिसा’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । पहिलो चरणको छायाङ्कन केही समय अगाडी अमेरिकामा सकाएर यती बेला दोस्रो चरणको छायाङ्कन सुरु गर्ने तयारीमा रहेको छ ।

चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनीश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायाङ्कन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको सङ्गीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहेको छ ।