साझेदारी गर्नुहोस्

बिहिबार राती देखी अविरल रुपले परेको पानी काठमाडौंको जनजीवनलाई केही प्रभावित पारेको छ । उपत्यका भित्र रहेका नदीनालाहरुको बहाव बढ्ने क्रम जारी छ । अहिले मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले देशभर मनसुनी वायुको प्रभाव परेको छ ।

मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ जाने क्रममा छ ।। देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।,कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।