साझेदारी गर्नुहोस्

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ ।

बुधबार प्रतितोला पाँच सय रूपैयाँ, बिहीबार प्रतितोला आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला आठ सय रूपैयाँ गरी यो तीन दिनमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।