साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका विभागहरुले कार्ययोजना प्रस्तुत गर्नुपर्ने भएको छ।

फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न पार्टीले विभाग प्रमुखहरुलाई निर्देशन दिएको छ ।

सबै विभागलाई कार्ययोजना ल्याउन भनिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए ।

विभागले गरिरहेका काम, गर्नुपर्ने कार्य, समस्या लगायतमा प्रमुखहरुसँग छलफल निरन्तर रहेको महामन्त्री शर्माले जानकारी गराए ।

गत बुधबार शर्माले १६ वटा विभागका प्रमुखहरुसँग छलफल गरेका थिए ।

विधानमा ४८ विभागको व्यवस्था गरिएको छ भने पार्टीमा भएको सहमति अनुसार संख्या बढाउने निर्णय भएको छ ।

कांग्रेसका ५६ वटा विभाग बनेका छन् । अधिकांशको विभाग प्रमुख तोकिएको छ भने केहीले सदस्य पनि थपेका छन् ।

प्रत्येक विभागमा प्रमुख सहित बढीमा ५१ सदस्यीय बनाउन सकिने विधानको व्यवस्था छ ।

विभागका सदस्य मनोनित गर्दा हाललाई १० जनाभन्दा बढी नराख्न पार्टीको निर्देशन छ ।