साझेदारी गर्नुहोस्

ई ग्लोबल एजुकेशन कन्सल्टेन्सीले अध्ययनका लागि विदेशीने विद्यार्थीहरुको रोजाइमा पर्दे आएकोे दाबी गरेको छ ।

काठमाडौंको पुतलीसडकमा रहेको ई ग्लोबल एजुकेशन कन्सल्टेन्सीले उच्च शिक्षाका लागि विदेशीने विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न योजनाहरु ल्याएको जानकारी दिदैं यस्तो दाबी गरेको हो ।

अध्ययनका लागि अष्ट्रेलिया, अमेरिका, युके, क्यानडा तथा युरोपियन मुलुकहरुमा जान चाहना राख्ने विद्यार्थीहरुलाई लक्षित गरेर कन्सल्टेन्सीले शैक्षिक परामर्श लगायतका सम्पूर्ण सेवाहरु प्रदान गर्दे आएको ई ग्लोबल एजुकेशन फाउण्डेसनकी प्रबन्ध निर्देशक गीतान्जली शर्माले जानकारी दिइन् ।

प्लस टू लगायतका विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई लक्षित गरेर विभिन्न मुलुकका युनिभर्सिटी तथा कलेजको शुल्कमा विशेष छुट प्रदान गर्ने, छात्रवृत्ति उपलब्ध गराउने लगायतका विभिन्न योजना ई ग्लोबल एजुकेशनले सार्वजनिक गरेको हो ।


विदेशी मुलुकहरुका युनिभर्सिटी तथा कलेजहरु र उनीहरुको शैक्षिक प्रक्रियाका बारेमा संस्थाको वेभसाइट, फेसबुक पेज, इमेल, फोन नम्बर लगायतका माध्यमबाट थप जानकारी हासिल गर्न सकिने ई ग्लोबल एजुकेशन फाउण्डेसनकी प्रबन्ध निर्देशक गीतान्जली शर्माले बताइन् ।

कन्सल्टेन्सीले शैक्षिक गुणस्तरमा अब्बल मानिने विभिन्न देशका युनिभर्सिटी तथा कलेजहरुसँग सहकार्य गरेर विद्यार्थीहरुलार्ई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दे अघि बढिरहेको जानकारी दिएको छ ।