साझेदारी गर्नुहोस्

नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।

गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा भेटिएका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।