ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
राप्रपा केन्द्रीय समितिको एजेन्डा: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली
राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे छलफलको एजेन्डा पनि समावेश भएको छ। आजदेखि सुरू केन्द्रीय कार्यसमिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल भइरहेको छ।शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे राप्रपाले यो केन्द्रीय समितिबाट निर्णय लिने तयारी गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
केही समयअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिले शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे केन्द्रीय समिति बैठकमा छलफल गर्न प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो। ‘राप्रपाले पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको मोडल अघि सारेको छ,’ प्रस्तावमा उल्लेख छ, ‘साथै हिन्दुराष्ट्रको पक्षमा राप्रपा दृढ छ।’
राप्रपाले केन्द्र र बलियो स्थानीय तह रहनुपर्ने बताएको छ। प्रदेश हटाउनुपर्ने राप्रपामा छलफलको विषय पनि बनेको छ। प्रदेश हटाउन अबको चुनावमा एजेन्डा बनाउने पनि राप्रपाको तयारी छ। समसामयिक राजनीति तथा चुनावका लागि रणनीति तय गर्न राप्रपाको केन्द्रीय समिति बैठक बसेको हो। शुक्रबारसम्म केन्द्रीय समिति बैठक चल्नेछ।


















