घट्दै आएको सुनको मूल्य आज बढेको छ।

तोलामा दुई हजार सातसय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको आइतबारदेखि बुधबारसम्म (चार दिन)मा तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो स्थिर थियो।