घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ। तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिएको थियो।