सरकारले प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ।  प्रतिनिधि सभाको कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाको बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्।  सरकारले नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक संसदबाट फास्ट ट्र्याकमा अघि बढाउने जनाएको छ।  राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयकको छलफल टुंगो लगाएर प्रतिवेदन प्रतिनिधि सभामा बुझाएको थियो।