पुष ३ – सुनको मूल्य आज ८०० रुपैयाँ बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज पहेंलो बहुमूल्य धातु प्रति तोला ९४,३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पहेलो बहुमूल्य धातुको मूल्य प्रति तोला ९३,५०० थियो। त्यस्तै तेजाबी सुन आज प्रति तोला ९३,८५० र चाँदी १,२८० मा बिक्री भइरहेको छ।