उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन। यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए। प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन्।