सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा बैठक बोलाउने सहमति गरिएको हो।
सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने तय भएको छ। साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।















