२१ भदौ – बिहीबार भएको झडप पछि रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आइतबार फेरि हुँदैछ । पुल्चोकमा हुन गहिरहेको कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गर्दै ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ । प्रसाशन र स्थानीय ज्यापू समुद्यबिच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भइ रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको हो ।स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिँदैछ । रथ तान्ने स्थलमा प्रहरीको कडा निगरानी र सुरक्ष्य रहने छ।