निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘गोर्खा वारियर’ को टिजर सार्वजनिक भएको छ । यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरुले बनाउने गर्छन। वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को केहि समय पश्चात छायांकन सुरु हुने चलचित्रमा कलाकारको रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् ।  हलिउड कलाकारको पनि अभिनय रहने चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन् । ५० प्रतिशत हलिउड प्राविधिक राखेर चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ । चलचित्रको लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने छ।