साझेदारी गर्नुहोस्

दमाैली : नरनाथ लम्साल स्मृति प्रतिष्ठान नेपालको सहयोगमा विद्यार्थीहरूको शैक्षिक शैक्षिक सामग्री तथा झाेला प्रदान गरिएको छ ।

तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नम्बर १ हुँका स्थित पृथ्वी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा झोला वितरण गरिएको हाे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अर्जुन लम्सालकाे सभापतित्वमा सम्पन्न भएको थियो।

नरनाथ लम्साल स्मृति प्रतिष्ठान नेपालको सहयोगमा विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुर्याउने उद्देश्यले शुक्रबार उक्त सामग्री प्रदान गरिएको हाे । सामाजिक उत्तरदायित्व बहन गर्दै प्रतिष्ठानले गरेको यो सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा ठुलो टेवा पुग्ने र गुणस्तरीय शिक्षाको अभियानलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देलले प्रतिष्ठानबाट प्राप्त झोला र स्टेशनरी सामाग्री विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अर्जुन लम्साल लगायत स्थानीय समाजसेवी तथा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिग्देलले विद्यार्थीहरूलाई अनुशासित भएर अध्ययन गर्न र उज्ज्वल भविष्य निर्माणका लागि प्रेरित गर्नुपर्ने बताए ।

शैक्षिक सामग्री तथा झोला प्राप्त गरेपछि विद्यार्थीहरूमा नयाँ उत्साह, आत्मविश्वास र उज्ज्वल भविष्य प्रतिको आशा थपिएको विद्यालयका प्रधानाध्यापक मदन थापाले बताए ।