कैलालीको धनगढीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ ।अस्पतालका बिरामीहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो भने अस्पतालका नजिकका उपकरणहरू बाहिर निकालिएका थिए।धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको आगलागी केहीबेरअघि पूर्णरुपमा नियन्त्रणमा आएको छ ।आगो निभाउन धनगढी उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । आगोबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
धनगढीमा भीषण आगलागी: अस्पतालसहित ८ वटा पसलमा क्षति


















