राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले अघि बढाइरहेको ‘उडान’लाई निर्धारित गन्तव्यमा सुरक्षित रूपमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण जहाजमा टर्बुलेन्स ९हलचल० आउन सक्ने भए पनि त्यसलाई दुर्घटनाको संकेतका रूपमा बुझ्न नहुने बताए ।
सरकारको कामकारबाहीप्रति चिन्ता नगर्न आग्रह गर्दै उनले कठिन परिस्थितिलाई सामना गर्ने क्षमता आफूहरूको पार्टीसँग रहेको दाबी गरे ।
‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बुलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौं । हामी छौं,’ लामिछानेले भने ।
अप्ठ्यारो परिस्थितिमा पनि त्यसलाई सम्हालेर अघि बढ्ने क्षमता रास्वपासँग रहेको उनको भनाइ थियो। पार्टीमा परिवर्तनका लागि केही गरौं भन्ने हुटहुटी बोकेका युवाहरू रहेको उल्लेख गर्दै उनले उनीहरूको सक्रियताले यात्रालाई सफल बनाउने दाबी गरे ।

















