काठमाडौं, बुढानीलकण्ठ —अटिजम तथा न्युरोडाइभर्स बालबालिकाको किशोरावस्थामा देखिने शारीरिक, मानसिक, सामाजिक तथा व्यवहारिक परिवर्तनलाई बुझ्न र प्रभावकारी सहयोगका उपायहरूबारे जानकारी दिने उद्देश्यले विशेष कार्यशाला आयोजना हुने भएको छ।
सेन्टर फर अटिजम, वेन्डी इन्क्लुसिभ स्कूल, सुरैया सहयात्री विद्यालय तथा जननी (अभिभावक सहयोग समूह)को संयुक्त सहकार्यमा “अटिजम तथा न्युरोडाइभर्स बालबालिकामा किशोरावस्था” विषयक एकदिने कार्यशाला आगामी २०८३ जेठ ३१ गते (१४ जुन २०२६), आइतबार काठमाडौंको बुढानीलकण्ठमा सञ्चालन हुनेछ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त कार्यशालामा अभिभावक, शिक्षक, हेरचाहकर्ता तथा यस क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहनेछ। कार्यक्रममार्फत अटिजम तथा न्युरोडाइभर्स किशोर–किशोरीहरूले भोग्ने चुनौती, अवसर, व्यवहार व्यवस्थापन तथा उनीहरूलाई सशक्त बनाउन आवश्यक व्यावहारिक उपायहरूबारे विस्तृत छलफल गरिनेछ।
कार्यक्रममा विभिन्न विज्ञ तथा स्रोत व्यक्तिहरूले प्रस्तुति दिनेछन्। स्रोत व्यक्ति सुयोग ढकाल ले अटिजम तथा न्युरोडाइभर्स बालबालिकाको किशोरावस्थासम्बन्धी विषयमा प्रस्तुति दिनेछन्। त्यसैगरी सृजना प्रसाईं कोइराला र स्यामुएल राउत क्षेत्रीले चुनौती, हस्तक्षेप तथा व्यावहारिक समाधानका विषयमा आफ्ना विचार राख्नेछन्। अभिभावकहरूको अनुभव आदान–प्रदान तथा अन्तरक्रियात्मक सत्र पनि कार्यक्रमको मुख्य आकर्षण रहनेछ।
कार्यशालामा सहभागीलाई अध्ययन सामग्री उपलब्ध गराइनेछ भने कार्यक्रमको अन्त्यमा सहभागिता प्रमाणपत्र पनि प्रदान गरिने जनाइएको छ। साथै, संवेदनात्मक खेल सामग्री (Sensory Toys) सम्बन्धी स्टल पनि राखिनेछ।
कार्यक्रममा सहभागी संख्या १५५ जनामा सीमित गरिएको छ। सहभागिता शुल्क प्रति व्यक्ति १ हजार रुपैयाँ तोकिएको छ र इच्छुक व्यक्तिहरूलाई समयमै दर्ता गर्न अनुरोध गरिएको छ।
अभिभावकले कार्यशालाको समयमा आफ्ना बालबालिकालाई विद्यालयमा राख्न चाहेमा खाना तथा हेरचाह सेवाका लागि अतिरिक्त ३०० रुपैयाँ शुल्क लाग्ने जानकारी आयोजकले दिएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
अटिजम तथा न्युरोडाइभर्स बालबालिकाको किशोरावस्थाबारे विशेष कार्यशाला आयोजना हुँदै

















