राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनालगायत ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार काठमाडौंमा जनप्रदर्शन गरेको छ ।राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापना, प्रदेश संरचनाको खारेजी र अधिकारप्राप्त स्थानीय तह, दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह, जनजिविकाको ग्यारेन्टीलगायतका ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएर राप्रपाले विरोध प्रदर्शन गरेको हो । यस्तै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत पनि राप्रपाले ४० बुँदे मागपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाएपछि सबै जिल्लामा जनप्रदर्शन तथा सभा आयोजना गरिएको छ । राजधानीमा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय नेताहरुसहितको र्याली निकालिएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी को काठमाडौंमा जनप्रदर्शन
















