साझेदारी गर्नुहोस्

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा उनले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन्। ‘वित्तीय लगानीका लागि विकासशील देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्छ,’ सम्बोधनको क्रममा ओलीले भने।

उनले विकास सहयोग, ऋण दिगोपना र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्नेमा पनि जोड दिए।