साझेदारी गर्नुहोस्

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ताेलामा ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।