उपप्राधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताउनुभयो । उहाँले अनुसन्धानमा आफूले कुनै किसिमको प्रभाव नपार्ने स्पष्ट पार्नुभयो । बैठकमा कांग्रेस सांसदहरूले सहकारीमा गृहमन्त्री लामिछानेको नाम आएकाले अनुसन्धान हुने बेलासम्म पदबाट हट्न भने पछि जवाफमा लामिछानेले कांग्रेस सरकारमा हुँदा नै उजुरी आएको र तथ्य नभेटिएको स्पष्ट भएकाले अनुसन्धानमा आफ्नो प्रभाव नपर्ने बताउनुभयो । उहाँले सहकारीका विषय आफ्नो नाम आएको भन्ने आफूले सुनेको उल्लेख गर्दै त्यसमा नाम बाहेक अरु केही नरहेको स्पष्ट पार्नुभयो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको गृहमन्त्री रवि लामिछानेको प्रस्टीकरण

















