साझेदारी गर्नुहोस्

काठमाडौँको सीतापाइलामा तीनजनाको हत्या गरेर श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । सोलुखुम्बुको दुधकोसी गाउँपालिका घर भई नागार्जुन नगरपालिका ६मा डेरा गरेर बस्ने राजु घिमिरे भनिने काजी बिकले पत्नी, छोरी र नातिनीको हत्यापछिआत्महत्या गरेका हुन् ।

 

घिमिरेले श्रीमती प्रेम कुमारी श्रेष्ठसहित ८ वर्षीया छोरी अनिशा र २ वर्षीया शिवानीको हत्या गरेका थिए । शिवानी नातिनी भएको प्रहरीले बताएको छ । ५१ वर्षीय बिकको शव भने डेरादेखि एक किलोमिटर पर जंगलमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

 

घिमिरेले आत्महत्या गर्नुअघि आफ्ना ससुरा इन्द्रजित श्रेष्ठलाई फोन गरेर घटनाको जानकारी गराएका थिए । प्रहरीका अनुसार राजुले फोन गरेर ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’ भनेका थिए ।

 

घटनास्थलबाट हम्बर र कैँची बरामद भएको प्रहरीले जनाएको छ। हत्याको कारण पारिवारिक झगडा भएको प्रहरीको भनाई छ। ईश्वरीको बिकसँग दोस्रो बिहे गरेकी थिइन्।