अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरत बहादुर बुढथापासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आज अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको डिभिजन वन कार्यालयका तत्कालीन सब–इन्जिनियर गोर सिंह बडुवाल, असिष्टेण्ट सब–इन्जिनियर हिमाल कुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मान बहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् । दायर गरिएको मुद्दामा उनीहरूसँग जनही ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दाबी गरिएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
















