बन्दिपुर गाउँपालिका–४, बिमलनगरबाट सवारी चालक अनुमति पत्रको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यालयमा सञ्चालित ‘ए’ वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी भानु–४ का ३० वर्षीय पूर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। साेही ठाउँका ३५ वर्षीय सुरेश थापामगरको परीक्षामा पूर्ण उपस्थित भई सुरेशको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।पूर्णलाई किर्ते सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट बुधबार ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
लाइसेन्स को परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

फोटो : Close-up. Arrested man handcuffed hands at the back















