साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको मध्यावधि निर्वाचनबाट सबै सीटमा आफूहरूलाई जिताइदिन आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा शुक्रबार आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै लामिछानेले अरू सबै दललाई सडकमा पुर्‍याइदिन भनेका हुन्।

उनले सहकारी ठगीसम्बन्धी मुद्दामा आफूलाई निवासबाट पक्राउ गर्दा अन्तिम इच्छा सोधिएको भन्दै त्यसको जवाफ फागुन २१ गतेको चुनावबाट दिन पनि मतदातालाई भनेका छन् ।

‘मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनु होला’, उनले भने, ‘मतदानमार्फत् अन्तिम इच्छा तपाईंहरूले नै देखाइदिनु हुनेमा म ढुक्क छु ।’

लामिछानेले भदौ २३ गतेको जेन-जी आन्दोलनमा गोली हान्नेहरूले नै सिंहदरबार जलाएको पनि जिकिर गरेका छन् ।