काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको संरचनाका बारेमा काठमाडौँ महानगरपालिकाले अध्ययन गर्ने भएको छ । सार्वजनिक जग्गाको संरचना हटाउन दिएको निर्देशनको अवस्था बुझ्न मंगलबार अस्पताल पुगेका महानगरका मेयर बालेन्द्र शाहले दुई पक्षको प्राविधिक राखेर अध्ययन समिति बनाउने बताएका हुन् । मेयर शाह अस्पताल पुग्दा अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले अस्पतालले कानून अनुसार जग्गा भाडामा लिएको र अक्सिजनसहितका सामग्री भण्डारण गरिएको बताएका थिए । त्यसपछि मेयर शाहले अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय गर्ने बताउँदै फर्केका थिए । अस्पतालका अध्यक्ष सिंहले आफूहरूले सार्वजनिक जग्गा नमिचेको र महानगरले कुरै नबुझी भवन भत्काउन २४ घण्टे अल्टिमेटम दिएको बताए। यसअघि काठमाडौँ महानगरपालिकाका शाहले अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका थिए । अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरले बताउँदै आएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
मेयर बालेन नर्विक अस्पतालमा , संरचना भत्काउन अल्टिमेटम
















