बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्न पत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पुर्याइएको जानकारी दिए। उनले परीक्षालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे ।

















