साझेदारी गर्नुहोस्

वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।नवनियुक्त मन्त्री थपलियालाई प्रदेश प्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराए ।