साझेदारी गर्नुहोस्

बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरूमाथि तोडफोड भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह बालेनले यस घटनाप्रति कडा प्रतिक्रिया दिएका छन् ।मंगलबार सामाजिक सञ्जालमार्फत कानुनीरुपमा फोहोर बोक्ने साधनहरुमाथि तोडफोड जघन्य अपराध भएको भन्दै फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको मेयर बालेनले प्रतिक्रिया दिएका छन् । मेयर बालेनले फोहोर बोक्ने साधनहरुमाथि तोडफोड गर्नेहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्ने पनि माग गरेका छन् । साथै, तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने पनि उनले भनेका छन् । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको पनि उनले बताएका छन् ।