प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाका, मुक्तिनाथ र कागबेनीको निरीक्षण गर्नुभएको छ । आज बिहान मुस्ताङको जोमसोम पुग्नु भएका प्रधानमन्त्री दाहालले साउन २८ गते मुस्ताङमा बाढीले पु¥याएको क्षतिकोबारेमा पनि अवलोकन गर्नुभएको छ । उहाँले मुस्ताङमा रहँदा कागबेनीका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ । त्यसै गरी राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँगपनि उहाँले अन्तरक्रिया गर्नुहुने छ । नेपालकै सबैभन्दा कम पानी पर्ने कागबेनीमा बाढी आएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ । तर, पछिल्लो समय मुस्ताङमा वर्षा पनि धेरै हुन थालेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
प्रधानमन्त्रीबाट कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन
















