प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन-जी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा मोहनचन्द्र रेग्मीले जानकारी दिइन् ।
घाइतेहरुले कार्कीलाई पहिलो महिला प्रधानमन्त्री भएर जसरी इतिहासमा नाम लिएको छ, त्यसै गरी जेनजीको भावनाअनुसार काम गरी अर्को इतिहास रच्न शुभकामना दिए।
घाइतेहरुले कार्कीलाई पहिलो महिला प्रधानमन्त्री भएर जसरी इतिहासमा नाम लिएको छ, त्यसै गरी जेनजीको भावनाअनुसार काम गरी अर्को इतिहास रच्न शुभकामना दिए। घाइतेले भने, ‘तीन करोड नेपालीको आमा र अभिभावकका रुपमा काम गर्नुहोला।’
कार्कीले भनिन्, अहिले मलाई कसैले बधाइ नभनोस्। मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्र कामका आधारमा मूल्यांकन होस्।’ ‘तपाईँ पनि मेरो छोरा हो।
अस्पतालपछि उनी प्रदर्शनकारीले ध्वस्त पारेका प्रहरी कार्यालय र घाइते प्रहरीलाई भेट्न प्रहरी अस्पताल पुगेकी थिइन्।

















