नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा बिहीबार रातिदेखि नै सडक अवरूद्ध भएको छ । गए राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् । मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिन दिनैजसो बाटो बन्द हुने गरेको छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिराचिरा परेर खोल्सामा पहिरो खसेको छ । वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या रहेको स्थानीयले जानकारी दिएका छन् । संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र परेका छन्
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा















