काठमाडौं उपत्यकाक तिनै ओटा जिल्लामा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने भएको छ ।काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी बिश्वराज पोखरेलले निर्देशन दिनुभएको जनाएको छ । निषेधाज्ञा जारी गरेपछि विभिन्न सामग्री लिएर आएका मालबाहक ट्रकहरु नाकामै नै अलपत्र परेका छन्, भने चालकहरू भोक–भोकै बस्नु परेको समाचार सार्वजनिक भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाले सहजिकरणका प्रयास गर्नुभएको थियो ।अत्यावश्यक सामग्री खाली गरेर नियम अनुसार सञ्चालन गर्ने सहमतिमा छाड्न निर्देशन दिएको डीआईजी पोखरेलको भनाइ छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
निषेधाज्ञा पछि नाकामा अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने


















