साझेदारी गर्नुहोस्

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई तत्काल चिसोबाट जोगाउने व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको बताउँदै जाजरकोट र रुकुम पश्चिम पुगेर फकिनु भएका आयोगका सदस्य मिहिर ठाकुरले यस्तो आग्रह गर्नु भएको हो ।आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँग कुरा गर्दै उहाँले तत्काल चिसोबाट जोगाउन नसकिए त्रिपालमुनि बसेकाहरुको अझ धेरै ज्यान जानसक्ने बताउनु भयो ।

त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला, वृद्धवृद्धा तथा बिरामीलाई दाउरा, न्यानो कपडा, औषधिको आवश्यक देखिएको ठाकुरले जानकारी दिनुभयो । जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेको उहाले बताउनु भयो । केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन पनि उहाँको आग्रह छ ।