फाल्गुन १५ – जन गणतन्त्र चीनको सरकारले देशकै सब भन्दा पुरानो स्कूल दरबार हाई स्कूललाई स्टेशनरी, खेलकुद र स्वास्थ्य सामग्री प्रदान गरेको छ। २०१५ को गोरखा भूकम्पले क्षति पुर्याएको दरबार हाईस्कूलको निर्माण पनि चीनले गरेको थियो। चीनको दूतावासले कपडा, १० हजार युनिट फेस मास्क, ५०० लिटर सेनिटाइजर, १५०० नोट बुक, दुई बक्स सन्दर्भ पुस्तक, बास्केटबल, टेबल टेनिस र ब्याडमिन्टन उपकरण प्रदान गरेको छ। यसभन्दा पहिले पनि दूतावासले स्कूलमा फर्निचर र अन्य सामानहरू समर्थन गरेको थियो। शिक्षा, विज्ञान र प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (एनआरए) का प्रमुख कार्यकारी अधिकृत सुशील गेयवालीको उपस्थितिमा नेपालका लागि चीनका राजदूत हौ यांकीको सहयोगमा विद्यालयका अधिकारीलाई उक्त सहयोग हस्तान्तरण गरिएको थियो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
चीनले दरबार हाई स्कूललाई सहयोग पुर्याउँने

















