नेपाल अर्थात पानीको देश । जताततै खोलानाला भरिएका छन् । तर यही देशमा जहिले पनि पानीको हाहाकार हुन्छ । भने बिजुलीले तिब्र गति लिन नसकेको अवस्था थियो ।पानी पर्ने मौसममा पनि नेपालीहरु दैनिक ८ घण्टाको लोडसेडिङको मार खेपीरहनु परेको थियो । उधोग धन्दा चौपट थियो शैक्षिक क्षेत्र देखी हरेक बिधुतिय ध्वंसको सिकार भै रहेका थिए । मानिसहरु आफनो बारेमा सोच्ने अवस्थामा थिएनन ।
तर आकस्मते २०७३ को तिहारपछि नियमित रुपमा विद्युत् आपूर्ती हुन् थाल्यो । जसको कारण नेपालीहरुमा उत्साह त छदै थियो । त्यसले एक प्रकारको आश्चर्य पनि जगायो । यत्रो बर्ष देखी अन्धकारको भूमरीमा परिरहेका नेपालीहरुलाई एकाएक बिधुतीय ताण्डवबाट मुक्त हुँदा आश्चर्य लाग्नु स्वभाविक पनि थियो ।
कति तिहार नेपालीहरुले लोडसेडिङमा नै मनाएका उदाहरण हरु छन् । उज्यालोको पर्व तिहारमासमेत कुनै बेला बत्ती नबाल्नु भनेर नेपाल विद्युत प्राधिकरणबाट सूचना जारी भएको नबिर्सिएका नेपालीले २०७३ को लक्ष्मीपूजाको दिनदेखि २४ सै घण्टा बत्ती बाल्न पाएको पत्याउनै सकिरहेका थिएनन् ।
तर, २०७३को लक्ष्मीपूजा लोडसेडिङ अन्त्यको सुरुवाती दिन थियो । अर्थात नेपालको ऊर्जा क्षेत्रमा एउटा ऐतिहासिक दिन थियो जसलाई हरेक नेपालीले सम्झिरहेका छन् । जसका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा मन्त्री जनार्दन शर्माको सिफारिसमा प्राधिकरणमा ११ तहमा कार्यरत कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । त्यतिबेला वर्षायाममा समेत दैनिक ८ घण्टाको लोडसेडिङ व्यहोर्न परिरहेको थियो ।
हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो । कार्यकारी निर्देशक नियुक्त भएपछि लोडसेडिङ अन्त्यलाई प्रमुख जिम्मेवारी लिएर काम गरेका घिसिङले लक्ष्मीपूजाको दिन आफैं स्यूचाटारमा रहेको प्राधिकरणको भार प्रेषण केन्द्रमा आफैं खटिएका थिए । तत्कालीन राजनीतिक नेतृत्वको दह्रो साथ पाएका कार्यकारी निर्देशक घिसिङले परीक्षणको रुपमा त्यही दिनबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेका थिए ।


















